होमपेज / समाज
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका १२२ वटा मुद्दाहरूमा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगले २०७९ साउनयता १२४ वटा भ्रष्टाचार मुद्दाका फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ । जब कि यो अवधिमा आयोगले करिव ४० वटामात्रै नयाँ मुद्दा दायर गरेको छ ।आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले चालु आर्थिक वर्षमा विशेष अदालतबाट १६३ वटा मुद्दाको फैसला प्राप्त गरेकामा २० वटा मुद्दामा मात्रै सफलता प्राप्त भएको बताए । त्यसमध्ये १२२ वटा मुद्दामा आयोगको चित्त नबुझेका कारण पुनरावेदनमा गएको उनको भनाइ थियो ।
मंगलबार अख्तियारले पत्रकार सम्मेलन नै गरेर नजीर, न्यायिक सिद्धान्त र सर्वोच्च अदालतले प्रतिपादन गरेका मान्यता विपरीत भएका फैसलाहरु विरुद्ध पुनरावेदन दिएको जनायो ।