ट्रेण्डिङ

होमपेज / समाज

भीमफेदी कारागारका ९८ कैदीबन्दीले मतदान गर्न पाउने

नेपालगाथा २०७९ कार्तिक २२ गते मंगलबार १४:३५:०० मा प्रकाशित

काठमाडौं । मङ्सिर ४ गते हुने निर्वाचनमा मकवानपुर भीमफेदी कारागारका ९८ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । 

कारागार प्रशासनका अनुसार कैदीहरुलाई कारागारबाट प्रतिनिधिसभा अन्तर्गत समानुपातिक मतदान गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।

कारागार प्रमुख तीर्थ पौडेलका अनुसार कारागारमा रहेका नौ सय ८९ कैदीबन्दीमध्ये मतदाता नामावलीमा नाम भएका ९८ जनाले मतदान गर्न पाउने भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top