ट्रेण्डिङ

होमपेज / समाज

नवलपुरमा कारागार नहुँदा समस्या

नेपालगाथा २०७९ कार्तिक २२ गते मंगलबार १३:५९:५५ मा प्रकाशित

काठमाडौं । राज्य पुनःसंरचनासँगै नयाँ जिल्लाको रुपमा स्थापना भएको नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० मा कारागार स्थापना भएको छैन । सङ्घीयता कार्यान्वयनसँगै नयाँ जिल्लाको रुपमा स्थापित जिल्लामा अधिकांश सरकारी कार्यालय स्थापना गरिए पनि कारागार कार्यालय भने अहिलेसम्म स्थापना हुन सकेको छैन । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा कारागार कार्यालय नहुँदा यहाँका कैदीबन्दीलाई छिमेकी जिल्लाका कारागारमा पठाउनुपर्ने बाध्यता छ।

सङ्घीयता कार्यान्वयनमा आउनुपूर्व जिल्ला सदरमुकाम परासीमा रहेको कारागार कार्यालय सङ्घीयता कार्यान्वयनमा आएपछि नवलपरासी ९बर्दघाट–सुस्तापश्चिममा० परेको छ । नेपालको संविधान २०७२ जारी भएपछि नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा अदालत, जिल्ला प्रशासन, जिल्ला प्रहरीलगायतका आवश्यक पर्ने सम्पूर्ण कार्यालय स्थापना गरियो तर, सङ्घीयता कार्यान्वयनमा आएको सात वर्ष वितिसक्दासमेत जिल्लामा कारागार कार्यालय स्थापना हुनसकेको छैन । 

यहाँको जिल्ला अदालतले मुद्दा फैसला गरेर कारागार पठाउने कैदी तथा पूर्पक्षका लागि थुनामा पठाउने बन्दीलाई प्रहरीले छिमेकी जिल्ला चितवन र नवलपरासी ९बर्दघाट–सुस्तापश्चिम० का कारागारमा पु¥याउने गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०ले कैद भुक्तानका लागि फैसला भएका यहाँका कैदीबन्दीलाई चितवन र परासीको कारागारमा पठाउने गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो । कैदीबन्दीलाई लिएर अर्को जिल्लासम्म जानुपर्दा असुरक्षा बढ्नुका साथै जिल्लामा प्रहरी जनशक्तिको कमी हुने गरेको प्रहरीको भनाइ छ । 

“नवलपुर जिल्ला अदालतले कारागार पठाउन आदेश दिएको कैदीबन्दीलाई हामीले छिमेकी जिल्ला चितवन र नवलपरासी पश्चिममा रहेका कारागारमा पठाउने गरेका छौँ” पाठकले भन्नुभयो, “जिल्लामा कारागार नहुँदा सुरक्षा चुनौती, जनशक्ति व्यवस्थापनमा समस्या र कार्यालयलाई आर्थिक भारसमेत परेको छ ।” 
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट–सुस्तापूर्व नवलपुरबाट आर्थिक वर्ष २०७८÷७९ मा मात्रै विभिन्न मुद्दामा सात सय जनालाई कानुनी कारबाही गरेको पाठकले बताउनुभयो । कारबाहीमा परेकामध्ये एक सय ६१ पुरुष तथा तीनजना महिला गरी एक सय ६४ जनालाई पूर्पक्षका लागि कारागार कार्यालय पठाइएको पाठकको भनाइ छ ।

 मुद्दा चलाइएकामध्ये पाँच सय १८ पुरुष तथा १३ महिला गरी पाँच सय ३१ जना धरौटीमा छुटेका भन्दै पाठकले पाँचजना बालकलाई बाल सुधार गृहमा राखिएको बताउनुभयो । जिल्लामा कारागार कार्यालय स्थापनाका लागि हालसम्म योजनामा परेकै छैन । 
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाको नमूना सदरमुकामभित्र कारागार कार्यालय स्थापना गर्ने गरी कुराकानी र छलफल भइरहेको बताउनुभयो ।

 “जिल्लामा कारागार कार्यालय नहुँदा समस्या परेको हामीले पनि बुझेका छौँ”, प्रजिअ घिमिरेले भन्नुभयो, “कावासोतीमा नमूना सदरमुकाम बन्ने तयारीमा छ, त्यहीँभित्र कारागार कार्यालय पनि बन्ने गरी प्रक्रिया अगाडि बढाएका छौँ ।” 

नमूना सदरमुकाम स्थलको लागि हालसम्म पनि बजेट विनियोजन नभएको घिमिरेले बताउनुभयो । “नमूना सदरमुकामभित्र निर्माण हुने कारागारका लागि योजना बन्नुप¥यो, स्वीकृत हुनुप¥यो”, घिमिरेले भन्नुभयो, “सबै प्रक्रिया पुगेपछि बजेट आएमात्रै नमूना सदरमुकामभित्र कारागार कार्यालय स्थापना हुन्छ । केही समय त लाग्छ ।” नमूना सदरमुकाम निर्माणको काम सुरु भएपछि त्यही ठाउँमा कारागार कार्यालय स्थापनाको काम पनि सुरु हुने घिमिरेले बताउनुभयो ।  रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top