ट्रेण्डिङ

होमपेज / समाज

मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको निधन

नेपालगाथा २०७९ कार्तिक १८ गते शुक्रबार १०:२४:०९ मा प्रकाशित

काठमाडौं ।  मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको निधन भएको छ । 

हिजो साँझ हनुमानस्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी अनामनगर बस्ने ३२ वर्षीया आस्था सुब्बालाई ठक्कर दिएको थियो ।

उनलाई तत्कालै उपचारका लागि मोडल अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टँदा चालक घट्टेकुलो बस्ने तनहुँको दमौलीका २४ वर्षीय मिलन राना घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top