होमपेज / समाज
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको मुद्दामा आज बिहीबार पनि थुनछेक बहस हुँदै छ। बुधबारबाट सुरु भएको बहस बहस नसकिएकाले आज पनि बहस हुन लागेको हो ।
लामिछानेको तर्फबाट कानुन व्यवसायीहरूले आज पनि बहस गर्दैछन् । बुधबार सन्दीपका तर्फबाट दुई कानुन व्यवसायीहरूले बहस गरेका थिए ।सन्दीपका तर्फबाट हिजो मुरारी सापकोटा र रोशनी घिमिरेले बहस गरेका थिए । उनीहरुले लामिछानेमाथि लगाएको आरोप पुष्टि गर्ने कुनै प्रमाण नभएको भन्दै लामिछानेले सफाइ पाउनुपर्ने दलिल पेस गरे।
बुधवार निवेदकको तर्फबाट चार जना सरकारी वकिलसहित ७ जनाले बहस गरेका थिए
आज लामिछानेको तर्फबाट तीनजना कानुन व्यवसायीहरूले बहस गर्नेछन् ।