होमपेज / समाज
काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको तर्फबाट आज दुई कानुन व्यवसायीहरूले बहस गरेका छन् ।
सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने किशोरी बालिग भएको दाबी उनको पक्षबाट बहस गर्ने कानून व्यवसायीले गरेका छन् । सन्दीपका एक कानून व्यवसायी मुरारी सापकोटाका अनुसार आरोप लगाउने किशोरी २०६१ साल असार १८ गते जन्मिएको भनी दर्ता भएको जन्मदर्ता फेला परेको छ ।
सापकोटा र रोशनी पौड्यालले सन्दीपलाई धरौटीमा रिहा गर्नुपर्ने माग गरेर बहस गरेका हुन् ।सन्दीपको पक्षबाट बहस गरेरका कानुन व्यवसायीले पीडितको उमेर १८ वर्ष कटिसकेको जिकिर लिएका छन् ।
लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।