ट्रेण्डिङ

होमपेज / समाज

जबरजस्ती करणी र अपहरण तथा शरिर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालगाथा २०७९ कार्तिक १६ गते बुधबार १७:२२:४८ मा प्रकाशित

काठमाडौं । जबरजस्ती करणी र अपहरण तथा शरिर बन्धक मुद्दाका फरार प्रतिवादी वारबर्दिया नगरपालिका-६ बस्ने प्रेमलाल थारुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत बर्दिया गुलरियाको २०७५ असार १३ गतेको फैसलाले जबरजस्ती करणी र अपहरण तथा शरिर बन्धक मुद्दामा २ महिना कैद सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा उनकै घरबाट पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत गुलरिया बर्दियाको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दिया पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top