होमपेज / समाज
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बयान सकिएको छ।
जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपको बयान भएको जानकारी दिए । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका उनको पेसी मंगलबार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको थियो।
सूचना अधिकारी दीपक दाहालका अनुसार अभियुक्तको बयान सकिएकाले भोलिदेखि थुनछेक बहस हुनेछ ।