ट्रेण्डिङ

होमपेज / समाज

एमालेले महिलाहरूलाई स्यानिटरी प्याड खरिदका लागि वर्षमा १५ सय रूपैयाँ दिने

नेपालगाथा २०७९ कार्तिक १५ गते मंगलबार १६:१८:५५ मा प्रकाशित

काठमाडौं ।   एमालेले महिलाहरूलाई स्यानिटरी प्याड खरिदका लागि वर्षमा १५ सय रूपैयाँ दिने घोषणा पत्रमा उल्लेख गरेको छ।

मंगलबार सार्वजनिक चुनावी घोषणापत्रमा एमालेले सबै महिलाका लागि स्यानिटरी प्याड वा वैकल्पिक साधन खरिदका लागि वार्षिक उक्त रकम उपलब्ध गराउने घोषणा गरेको हो ।

त्यसैगरी, एमालेले प्रसूति हुने सतप्रतिशत महिलाको गर्भअवस्थाको नियमित स्वास्थ्य जाँच तथा दक्ष स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य सस्थाबाट नियमित प्रसुति सेवा सुनिश्चित गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

घोषणापत्रमा भनिएको छ, 'महिनावारी हुने उमेर समूहका देशभित्रका सम्पूर्ण महिलाका लागि स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदको लागि वार्षिकरु १ हजार ५ सय उपलब्ध गराउने ।'

प्रतिक्रिया

सम्बन्धित खवर

Top