होमपेज / समाज
काठमाडौं । सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीकाे बयान बाहिर आएकाे छ ।
नाबालिकाले प्रतिरोध गर्दा आफूमाथि कुटपिट भएको बयान दिएकी छन् ।जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेखित बयान अनुसार उनले दोस्रो पटक जबरजस्ती करणी गर्दा आफूलाई ‘ढाडमा जोडले हानेको’ भनेकी छन् ।
प्रहरीमा दिएको जाहेरीमा किशोरीले घटनाको बारेमा आफूमाथि भदौ ५ गते राति दुईपटक जबरजस्ती करणी भएको बयान दिएकी हुन् ।किशोरीले बयानकाे क्रममा प्रहरी समक्ष भनेकी थिइन्,’आफू निदाएको बेला आफूमाथि जबरजस्ती करणी भएको र पहिलो करणी भएको एक घण्टापछि पुनः आफूमाथि दाेस्राे पटक करणी भएकाे हाे।’
उनले थप्दै भनेकी थिइन्,’सन्दीपले आफूलाई नगरकोटमा पुर्याएर त्यहीँसमेत राख्न खोजेकामा आफू त्यहाँ बस्न अस्वीकार गरी गाडीबाट नओर्लिएपछि आफूलाई काठमाडौँ ल्याएर होटल काठमाडौँ इनको कोठा नम्बर ३०५ झुक्याएर लागि दुईपटक बलात्कार गरेँ।’
आफूलाई डर, त्रासमा पारेर इच्छा विपरीत दुई पटक जबरजस्ती करणी गरेको पीडितको बयान छ ।