ट्रेण्डिङ

होमपेज / समाज

सन्दीप लामिछानेविरूद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता,१२ वर्षको जेल सजाय माग

मंगलबारदेखि थुनछेक बहस हुने

नेपालगाथा २०७९ कार्तिक १४ गते सोमबार १४:००:३७ मा प्रकाशित

 काठमाडौं । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएकाे छ।

 सन्दीपविरुद्ध १२ वर्षको कैद सजाय माग गरिएकाे छ । मुद्दा दर्ता भएसँगै उनलाई आजै प्रहरीले अदालतमा उपस्थित गराउन सक्नेछ । सोमबार मुद्दा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहस हुने भएको छ ।

२० असाेजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सन्दीपलाई तीन पटकसम्म म्याद थप गरी प्रहरीले अनुसन्धान गरेको थियो ।सन्दीपलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) को कसुरको अभियोग लगाइएको हो ।

सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने, तारेखमा छाड्ने वा धरौटमा छाड्ने भन्ने विषयमा मंगलबार बहसपछि अदालतबाट आदेश हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top