ट्रेण्डिङ

होमपेज / समाज

सन्दीप लामिछानेविरुद्धको अभियोजनपत्र सोमबार (भोलि) जिल्ला अदालत काठमाडौंमा दायर गरिने

नेपालगाथा २०७९ कार्तिक १३ गते आइतबार १७:०१:५९ मा प्रकाशित

काठमाडौं । नाबालिगमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अभियोजनपत्र सोमबार (भोलि) जिल्ला अदालत काठमाडौंमा दायर गरिने भएको छ।

सोमबार काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध मुद्दा दर्ता गरिने कार्यालय प्रमुख सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेले जानकारी दिए।प्रहरी प्रतिवेदनमा नाबालिग बलात्कारसम्बन्धी कानुनानुसार १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top