होमपेज / समाज
काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट सुरु भएको छ ।
सलाई यमपञ्चक पनि भन्ने गरिन्छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म तिहार अर्थात यमपञ्चक मनाउँदै आइएको छ । तिहारको पहिलो दिन आज काग तिहार ।
यमराजको दूतको रुपमा लिइने कागलाई आज मनपर्ने खाना खान दिने र पूजा गर्ने चलन छ । कागले यमराजसम्म राम्रो सन्देश पुर्याइदिने विश्वासका साथ कागको पूजा गर्ने चलन रहि आएको छ ।
भगवान विष्णुले ‘बर माग’ भन्दा राजा बलीले ‘पृथ्वीमा पाँच दिन मेरो राज्य होस्’ भन्ने बर मागेका थिए । जसलाई विष्णुले पूरा गरिदिए । यहि कारण यमपञ्चकमा राजा बलीको राज्यमा जस्तै दीपावली गर्ने, गाउँ सहर सबैतिर झिलिमिली बनाउने गरिन्छ । यमराजको प्रिय काग र द्वारपाल कुकुरको पनि पूजा हुन्छ ।
लक्ष्मीपूजाका दिनदेखि घर घरमा दीपावली गरी झिलीमिली बनाउने परम्परा रहेपनि अहिले काग तिहारदेखि नै विशेषगरी विद्युतिय बत्तिहरु, झिलिमिली बाल्न थालिएको छ । उज्यालोको पर्व तिहार यस वर्ष भने कोरोना संक्रमणका कारण विगतमा भन्दा चलहपहल र रौनकता कम देखिएको छ ।