ट्रेण्डिङ

होमपेज / समाज

अब स्मार्ट कार्ड लाइसेन्स चेकजाँच गर्न सहज हुने,प्रहरीले पायो स्मार्ट लाइसेन्स ‘रिड’ गर्ने उपकरण

नेपालगाथा २०७९ कार्तिक २ गते बुधबार १८:०९:४७ मा प्रकाशित

काठमाडौं । अब स्मार्ट कार्ड लाइसेन्स चेकजाँच गर्न सहज हुने भएको छ । 

 स्मार्ट लाइसेन्स जारी भएको ७ वर्षपछि प्रहरीले ‘स्मार्ट कार्ड रिडर’ मेसिन पाएको छ ।विद्युतिय चिपसहितको सवारी चालक अनुमितिपत्र २०१५ नोभेम्बर ३० देखि छपाई कार्य सुरु भएको थियो । हालसम्म २९ लाख ४५ हजार छपाई भईसकेको छ ।

एसियाली विकास बैंकको अनुदान सहयोगमा नेपाल सरकारले ८४ लाख १८ हजार ६ सय ९६ बराबरको २०० थान स्मार्ट कार्ड रिडर र २०० थान स्याम कार्ड खरिद गरेको थियो ।

 अब स्मार्ट कार्डमा रहेको सवारी चालकको व्यक्तिगत विवरण अब ट्राफिक प्रहरीले सजिलै हेर्न सक्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top