ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीमा मतदाता शिक्षालाई प्रभावकारी बनाइने

नेपालगाथा २०७९ कार्तिक १ गते मंगलबार १६:००:३५ मा प्रकाशित

काठमाडौं । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश निर्वाचनको लागि मतदाता शिक्षालाई कर्णाली प्रदेशमा प्रभावकारी बनाइने भएको छ ।

निर्वाचन आयोगका अनुसार गत स्थानीय तह निर्वाचनमा बदर मत धेरै भएपछि मतदाता शिक्षा प्रभावकारी बनाएर मतदाता शिक्षालाई प्रभावकारी बनाउने तयारी गरिएको हो । निर्वाचन आयोगका विभिन्न जिल्लास्थित कार्यालयले मतदाता शिक्षा कार्यक्रमको प्रक्रिया सुरु गरिएको जानकारी दिएका छन् । निर्वाचन आयोगले गएको स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षामा कमी हुँदा धेरै मतपत्र बदर भएको भन्दै यो पटक मतदाता शिक्षा समुदायस्तर र घरदैलो कायक्रमलाई जोड दिने जनाएका हुन् । निर्वाचन कार्यालय दैलेखका प्रमुख निर्वाचन अधिकृत मनमाया कौचाले प्रत्यक पालिकामा जिल्ला निर्वाचन कार्यालयमार्फत नमूना मतदान कार्यक्रम गर्ने तयारी गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“निर्वाचनमा मत बदर घटाउन प्रत्येक पालिकामा गएर मतदातालाई मतदान गर्ने तरिका सिकाउँदै छौँ, त्यसको लागि घदैलो अभियान नै चलाउँछौँ ।” प्रदेश निर्वाचन कार्यालय, सुर्खेत का प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले आयोगको निर्देशिका २०७९ अनुसार आगामी निर्वाचनमा मतदाता सहभागिता बढाउन, बदर मत घटाउन, निर्वाचनको महत्व बुझाउन र आफूले इच्छाएको उम्मेदवारलाई मत दिन सक्षम बनाउनका लागि मतदाता शिक्षा अभियानलाई व्यापक बनाइने जानकारी दिनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम नहुदा धेरै मत बदर भएको भन्दै यो निर्वाचन मत बदर कम गर्न मतदाता शिक्षालाई प्रभावकारी बनाइने बताउनुभयो ।

“हामीले निर्वाचनलाई लक्षित गरेर मतदाता शिक्षालाई प्रभावकारी बनाउने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो,“जिल्ला निर्वाचन कार्यालयमार्फत प्रत्येक गाउँमा गएर मतदातालाई सचेतना दिने छौँ ।” यस्तै, प्रमुख रानीतिक दलहरुले पनि मतदाता शिक्षालाई जोड दिइएको जनाएका छन् ।

मतदातालाई शिक्षाका विषयमा जानकारी दिनु राजनीतिक दलको पनि कर्तव्य भएकाले मतदाता शिक्षा दिन तल्ला कमिटिलाई सर्कुलर गरेको नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद शाहले बताउनुभयो । नेपाली कांग्रेसका प्रदेश सभापति ललितजङग शाहीले मतपत्रसहित कार्यकर्तालाई टोल– टोल र वडा–वडामा परिचालन गर्ने बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top