होमपेज / समाज
काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा एक दिन विदा दिने भएको छ ।
जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आइतबार ललितपुर महानगरपालिकाको प्रांगणमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सो जानकारी गराएका हुन् ।
जोशीको आइतबार ललितपुरस्थित किस्ट अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।