होमपेज / समाज
काठमाडौं । बागमती प्रदेशमा लामखुट्टेको टोकाइबाट हुने डेंगी रोगको सङ्क्रमणबाट साउनयता २७ हजार ७५० जना बिरामी भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
साथै सो रोगको संक्रमणबाट बागमती प्रदेशमा २१ जनाको मृत्यु भएको छ। बागमती प्रदेशको १३ जिल्लामध्ये सो रोगको संक्रमणबाट काठमाडौं सबैभन्दा बढी प्रभावित भएको छ भने रसुवा सबैभन्दा कम प्रभावित भएको सो निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार ललितपुरमा ८ हजार १५, मकवानपुरमा ३ हजार ६०४, भक्तपुरमा २ हजार १०८, चितवनमा १ हजार १६९, धादिङमा ६३८, काभ्रेमा २१५, नुवाकोटमा १३१, सिन्धुलीमा ११३, रामेछापमा १२५, सिन्धुपाल्चोकमा ९९ र दोलखामा ६९ जनामा डेंगी रोगको सङ्क्रमण पृष्टि भएको बताइएको छ ।