होमपेज / समाज
काठमाडौं । काठमाडौंको नक्सालस्थित होटेल क्राउन प्लाजामा भएको शंकास्पद घटनापछि एक युवतीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार चाबहिल घर भएकी ती युवतीको शंकास्पद मृत्यु भएको हो । चाबहिल बस्दै आएकी २३ वर्षीया युवतीको आगोबाट जलेर उपचारका क्रममा मृत्यु भएको हाे।प्रहरीले होटेलका कर्मचारी सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ का ३७ वर्षीय पदमकुमार श्रेष्ठ र जितपुर सिमरा उपमहानगरपालिका-१४ का २६ वर्षीय केशव रिजाललाई पक्राउ गरेको छ । उनिहरू घटनामा संलग्न भएको प्रहरीले बताएकाे छ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहराका अनुसार युवतीको शरीरमा आगो लागेर मृत्यु भएको हाे।सोमबार बिहान होटेलमा उक्त घटना भए पनि प्रहरीलाई खबर नगरी गुपचुप राखेको भन्दै अनुसन्धानका लागि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रिजाल भने होटेलमै बसेको र घटना घटाएको आशंकामा पक्राउ परेका हुन् ।
रिजालले ती युवतीलाई जलेको अवस्थामै वीर अस्पताल पुर्याएका थिए । त्यहाँ उपचार असम्भव भएपछि वीरले थप उपचारका लागि कीर्तिपुर अस्पताल रेफर गरेको थियो ।उनको कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो ।
रिजाल र ती युवतीबीच निकट सम्बन्ध रहेको खुलेको छ ।युवतीको शव सोमबार नै पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।