होमपेज / समाज
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आजकाे माैसम आंशिकदेखि सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कर्णाली, लुम्बिनी र मधेसका केही स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।