होमपेज / समाज
काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सोमबार अदालत उपस्थित गराइँदै छ।
आज अदालतमा लगेर म्याद थप गर्ने तयारी भएको प्रहरी वृत्त गौशालाले जनाएको छ। चार दिनअघि पक्राउ परेपनि सार्वजनिक विदाका कारण सन्दीपलाई अदालत लगेर अनुसन्धानका लागि म्याद लिइएको थिएन।
दशैं बिदाका कारण प्रहरीले म्याद थप गर्न नसकेको हो। आज अदालतबाट म्याद थप गरी लामिछानेसँग बयान लिन सुरु गरीने प्रहरीले जनाएको छ।
सन्दीप विदेशमा रहेका बेला उनीमाथि बलात्कारको आरोप लागेको थियो।