होमपेज / समाज
काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने बिहीबार बिहान पक्राउ परे। उनलाई हतकडी लगाएर प्रहरी वृत्त गौशाला लगियाे।आफैले सूचना जाहेर गरेर प्रहरीसामु उपस्थित हुने र यसमा प्रहरीले सहयोग गर्नुपर्ने बताइरहँदा पनि प्रहरी भने दलबलसहित विमानस्थलमै पुग्यो ।
ओर्लिने वित्तिकै उनलाई नेपाल प्रहरीका जवानहरुले माइक्रोमा राखे । त्यहीँ उनलाई पक्राउ पूर्जी थमाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) श्यामलाल ज्ञवाली बताउँछन् ।
कतारको दोहाबाट बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको हो ।न्दीपले आफ्ना कानुन व्यवसायीमार्फत प्रहरीमा आत्मसमर्पण गर्ने बताएर प्रहरीसामु याचना गरे पनि उनलाई उक्त अवसर दिइएन । उनकाे हातमा हतकडी लगाएर रूमालले छाेपिएकाे देखिन्थ्याे ।