होमपेज / समाज
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ मा रहेको ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
रेक्की ध्यान केन्द्र पुरिँदा तीनजनाको मृत्यु भएको हो ।
वडा अध्यक्ष भाइकृष्ण तामाङका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि रहेका छन् ।