ट्रेण्डिङ

होमपेज / समाज

मकवानपुरका शक्तिपीठमा भक्तजनको घुइँचो

नेपालगाथा २०७९ आश्विन १७ गते सोमबार १४:४२:०२ मा प्रकाशित

काठमाडौं ।  महाअष्टमी पर्वमा मकवानपुरको शक्तिपीठहरुमा बिहानैदेखि भक्तजनको घुइँचो छ । हेटाँैंडा–१० स्थित भुटनदेवी मन्दिर, मकवानपुर र बाराको सिमानामापर्ने चुरियामाई, मकवानपुरगढी–४ स्थित मनकामना र भीमफेदीमा रहेको भीमसेन मन्दिरमा भक्तजनको बाक्लो उपस्थिति रहेको छ ।

शक्तिपीठहरुमा घटस्थापनादेखि दशमीसम्म भक्तजनको घुइँचो हुन्छ । विशेषगरी फूलपातीको दिनदेखि नवमीसम्म पूजाआराधना तथा बलि भोग दिन भक्तजन आउने गरेका छन् । चुरियामाई, मनकामना, भुटनदेवी र भीमसेन मन्दिरमा बलि भोग चढाइन्छ । नरिवलदेखि हाँस, कुखुरा, बोकालगायतका पशुपक्षीको बलि भोग चढाउने चलन छ । 

त्यस्तै आज हेटौँडा–४ स्थित पशुपति मन्दिर, थाहा नगरपालिकामा रहेको ऋखेश्वर मन्दिर र मकवानपुरगढीमा भक्तजनले दुर्गा भवानीको विशेष पूजा आराधनाका लागि आइपुगेका छन् । आज विशेष गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top