ट्रेण्डिङ

होमपेज / समाज

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज नयाँ घरमा सर्दै

नेपालगाथा २०७९ आश्विन १० गते सोमबार ०७:५३:११ मा प्रकाशित

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज नयाँ घरमा सर्दैछन्।  प्रचण्ड अहिले चितवनमा छन् । चुनावी प्रचार र पार्टी कामका लागि उनी चितवन पुगेका हुन् । 

आज प्रचण्ड भरतपुर महानगरको १४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सर्न लागेका हुन। यसअघि शिवनगरमा भाडामा घर लिएर बसेका प्रचण्ड आफ्नै घरमा सर्न लागेका हुन् । 

उनी बिहान ११ बजे नयाँ घरमा सर्ने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ।

हिजो साँझ नारायणगढको इन्द्रदेव चलचित्र भवनमा प्रेमगीत ३ चलचित्र हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले चलचित्र हेर्न लायक बनेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top