ट्रेण्डिङ

होमपेज / समाज

सन्दीप लामिछानेमाथी षड्यन्त्र भएकै हाे त?

मानसिक तनावले आइसोलेसनमा छु, चाँडै नेपाल फर्किन्छु:लामिछाने

नेपालगाथा २०७९ आश्विन १० गते सोमबार ०६:३२:५९ मा प्रकाशित

काठमाडौं । बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफूमाथि बलात्कार आरोपमा जाहेरी परेपछि मानसिक समस्यामा परेको बताएका छन् ।आइतबार राति सामाजिक सञ्जालमार्फत आफूले राष्ट्रलाई ठूलो योगदान दिएको उल्लेख गर्दै उनले आफूमाथि गम्भीर षड्यन्त्र भएको बताएका छन् ।

क्यारेबियन प्रिमियर लिग खेल्न जमैका रहेका बेला काठमाडौंमा उनीविरुद्ध बलात्कार उजुरी परेको थियो । त्यतिबेला छिट्टै फर्किन्छु भनेका सन्दीप अझै नेपाल फर्किएका छैनन् । 

"क्रिकेटप्रति सानैदेखि जुनुन भएको म एउटा सामान्य परिवारको मानिस हुँ । मेरा लागि जीवनमा क्रिकेट र मेरो देश मात्रै प्राथमिकतामा रहे । मलाई लाग्छ नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन मेरो पनि भूमिका रहेको छ चाहे त्यो खेलाडीको रूपमा होस् वा चाहे कप्तानको रूपमा । राष्ट्रका लागि दिलो ज्यानले खेलिरहेको म एउटा इमान्दार क्रिकेट खेलाडी आज एउटा गम्भीर षडयन्त्रको सिकार भएको महसुस भएको छ," उनले भनेका छन् ।

उनले आफू अहिले मानसिक र शारीरिक तनावका कारण आइसोलेसनमा रहेको समेत बताएका छन् । "मलाई एकातिर मानसिक असर गर्‍यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो र मानसिक तनाव र स्वास्थ्य खराबीको कारणले मैले मलाई आइसोलेसनमा राखेर बसेको छु," उनले भनेका छन् ।लामिछानेले आफूमाथि लागेको अभियोगको ‘प्रतिवाद गर्न नेपाल फर्किने तरखर’मा रहेको बताएका छन् ।

"झुट्टा जाहेरी कै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शारीरिक रूपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगि डाक्टरहरूको सरसल्लाहामा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्धको झुटा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु," उनले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top