ट्रेण्डिङ

होमपेज / समाज

नेपालीको महान् पर्व बडादशैँ आजदेखि सुरु,आज घटस्थापना

नेपालगाथा २०७९ आश्विन १० गते सोमबार ०६:१२:४७ मा प्रकाशित

काठमाडौं ।  नेपालीको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ । बडा दशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।

 आज बडादशैँको पहिलो दिन समस्त हिन्दुले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्नेछन।

आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि जौ (यव) रोप्ने चलन छ।यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। 

घटस्थापनाको साइत बिहान १० : २३ बजे

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ।

आज घटस्थापनाको साइत बिहान १० : २३ बजे रहेको समितिले जनाएको छ।

सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको उनले बताए । दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top