ट्रेण्डिङ

होमपेज / समाज

आज पनि मौसम बदली,सुदूरपश्चिमका केही ठाउँमा अतिभारी वर्षाको सम्भावना

नेपालगाथा २०७९ आश्विन ९ गते आइतबार ०६:५७:०५ मा प्रकाशित

काठमाडौं । आज पनि मौसम बदली भएको छ । देशभर मौसम सामान्यदेखि आंशिक बदली भई केही ठाउँमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा माैसम सामान्यदेखि पूर्ण बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने माैसमविद्ले जानकारी दिएका छन् । 

लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top