ट्रेण्डिङ

होमपेज / समाज

सानीभेरी नदीमा बेपत्ता पुरुषको खोजी जारी

नेपालगाथा २०७९ आश्विन ७ गते शुक्रबार १८:१५:३४ मा प्रकाशित

काठमाडौं । सानीभेरी नदीमा बगेर एक पुरुष बेपत्ता भएका छन् । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–८ चारगाउँका ६५ वर्षीय मनबहादुर मल्ल बेपत्ता भएका हुन् ।

बिहीवार बिहान माछा मार्न जान्छु भनी घरबाट निस्केका मल्ल साँझसम्म पनि घर नफर्केपछि आज बिहानबाट खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व का सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो ।

मल्लको खोजी गर्दै जाँदा उनले लगाएको चप्पल र झोला सिस्ने गाउँपालिका–२ स्थित तिप्ताराको नदी किनारमा फेला परेको स्थानीय अन्जान ठकुरीले जानकारी दिनुभएको छ । अप्ठ्यारो भूगोल, नदीमा पानीको बहाव बढेको र त्यसमा पनि धमिलो पानीका कारण खोजीमा समस्या भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top