होमपेज / समाज
सुर्खेत । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले सुर्खेतको पश्चिम पञ्चपुरी नगरपालिका र चाैकुने पालिकामा गएकाे बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गरेका छन्। बाढीपहिरो प्रभावित क्षेत्रका समस्या बुझ्न र प्रत्यक्ष अवलाेकन गर्न कँडेलसहित नेकपा एमाले सुर्खेतको एउटा टोली बुधबार बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेकाे हाे । टाेलीले बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गरी क्षतिको अवस्थाबारे जानकारी लिएकाे छ ।
.jpg)
अवलोकन टोलीका सहभागी एमाले सुर्खेतका प्रचार तथा प्रकाशन विभाग प्रमुख गंगाराम तिमिल्सेनाले पन्चपुरी नगरपालिकाको वडा नम्बर ९ र १० का साथै चाैकुने गाउँपालिकाका विभिन्न स्थानमा प्राकृतिक विपद्ले गरेको नोक्सानीबारे अवलोकन गर्नुका साथै बाढी प्रभावितहरूकाे अवस्था बुझ्ने काम गरिएको जानकारी दिए । तिमिल्सेनाका अनुसार टाेलीले पञ्चपुरी नगरपालिकाकाे राग, बसन्तेकुन्टा, खरालटोल, राजीटोल, तिखाकुना, जामु र तातापानी क्षेत्रमा समेत अवलोकन गरेको छ।
.jpg)
बाढी प्रभावित क्षेत्रमा करिब ४० घरधुरीकाे कराेडाैंकाे क्षति भएकाे स्थलगत अवलाेकन टाेलीले अनुमान गरेकाे छ । खासगरी खेतीयाेग्य जमिन भएकाले धानखेत र सिँचाइ कुलाेकाे क्षतिका साथै केही चाैपाया समेत क्षती भएकाे बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गरी फर्किएकाे टाेलीले नेपालगाथालाइ जानकारी दिएकाे छ ।
.jpg)
भारी बर्षातका कारण बाढीपहिरोबाट गत भदौ ३१ गते पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकामा विभिन्न ठाउँमा ठूलो नोक्सानी पुगेकाे थियो । बाढी पहिराेले घरलगायतका भौतिक संरचनामा क्षति भएपछि त्यस क्षेत्रका सयौँ घरधुरी विस्थापित भएका छन् ।
.jpg)
एमाले कर्णाली प्रदेश इञ्चार्ज एवम् कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका कँडेलले प्राकृतिक विपद्बाट भएको क्षतिको विवरण संकलन गरी आवश्यक राहत र विस्थापित परिवारको व्यवस्थापन गर्न स्थानीय र प्रदेश सरकारलाई अनुरोध गरेका छन् । उनले विस्थापित परिवारको उचित व्यवस्थापनका लागि आफू र आफ्नोे पार्टीले पनि सक्दो पहल गर्ने बचन दिएका छन् ।
बाढी प्रभावित क्षेत्रको अवलोकनमा कँडेलसँगै एमाले प्रदेश कमिटी सदस्य देवीराम भुसाल, जिल्ला कमिटी सदस्य अम्मर चन्द र पन्चपुरी नगर कमिटी अध्यक्ष धनबहादुर थापालगायतका नेताहरु पनि सहभागी थिए ।
.jpg)
.jpg)
.jpg)