होमपेज / समाज
हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस सडकबाट तल खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बामदेव गौतमले जानकारी दिए । दुर्घटनामा घाइते भएकाहरुलाई हेटौँडा लगिएको उनले बताए ।
जुरिखेतको माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ ।