ट्रेण्डिङ

होमपेज / समाज

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपालगाथा २०७९ आश्विन ६ गते बिहीबार १५:३६:५८ मा प्रकाशित

काठमाडौं । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु बुद्धभूमि नगरपालिका-३ घर भई हाल मध्यपुर ठिमी नगरपालिका-२ मगर गाउँ बस्ने ४० वर्षीय राजु नेपालीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राजुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top