ट्रेण्डिङ

होमपेज / समाज

विभिन्न हातहतियार सहित पक्राउ

नेपालगाथा २०७९ आश्विन ६ गते बिहीबार १५:१७:२६ मा प्रकाशित

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा वारदात पछि फरार रहेका नलगाड नगरपालिका-५ ऐरारी बस्ने मोहित भन्ने ३९ वर्षीय ईन्द्र बहादुर शाहीलाई १ थान ग्रिनेट, १ थान पेस्तोल र सोहीपेस्तोलमा लाग्ने ५ राउण्ड गोली सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईन्द्र बहादुर समेत भएको कर्तव्य ज्यान मुद्दामा २०७३ चैत १५ गतेदेखि भागी फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले नलगाड नगरपालिका-५ ऐरारीमा उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top