ट्रेण्डिङ

होमपेज / समाज

पत्रकार महासंघले किन माग्यो राष्ट्रपतिको राजीनामा?

नेपालगाथा २०७९ आश्विन ६ गते बिहीबार १४:५९:१० मा प्रकाशित

काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रपतिले संविधानमाथि प्रहार गरेको भन्दै राजीनामा माग गरेको छ । 

महासंघको बिहीबार बसेको बैठकले पारित गरेको पहिलो प्रस्तावमै राष्ट्रपतिको राजीनामा माग गरिएको छ । महासंघको नेतृत्वमा सत्तारुढ पाँचदलीय गठबन्धनले जितेको छ ।

राष्ट्रपतिले संविधानमाथि नै प्रहार गरेको निष्कर्ष निकाल्दै दीर्घकालीन समाधानका लागि निकासका लागि राजीनामा दिनुपर्ने जनाएको हो । 

महासंघले भनेको छ, ‘जनताका प्रतिनिधिको सर्वोच्च संस्था संघीय संसदले बनाएका विधेयक वा अन्य कानूनहरू सही वा गलत भनेर टिप्पणी गर्ने अधिकार आमनागरिकलाई भएपनि विधिको शासनलाई पालना गर्नु राष्ट्रपतिदेखि आमनागरिकसम्म सबैको जिम्मेवारी हुन्छ । संविधानमाथि प्रहार भएको यो अवस्थाको दीर्घकालीन समाधानका लागि राष्ट्रपतिले निकास दिनुपर्ने मत महासंघको छ’

प्रतिक्रिया

सम्बन्धित खवर

Top