ट्रेण्डिङ

होमपेज / समाज

गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त

नेपालगाथा २०७९ आश्विन ६ गते बिहीबार १४:२८:५१ मा प्रकाशित

धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ।

काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले स्थानीय आदर्श माविका विद्यार्थीलाई ठक्कर दिएको हो गजुरी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिसुरालले ती विद्यार्थीको घटनास्थलमै मृत्यु भएको जानकारी दिइन् ।

घटनापछि स्थानीयले ठक्कर दिने बसमा आगजनी गरेका छन् । सडक अवरुद्ध पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top