होमपेज / समाज
काठमाडौं । काठमाडौंको कपनस्थित एक घरमा आगलागी भएको छ । कपनको राम मन्दिर नजिक रहेको एक साढे तीन तले घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगो लागेको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको स्थानीयबासिन्दाले बताएका छन् ।आगो निभाउनका लागि काठमाडौं र ललितपुरको दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।