ट्रेण्डिङ

होमपेज / समाज

डा. केसी उपचारका लागि काठमाडौं जान तयार

नेपालगाथा २०७९ आश्विन ५ गते बुधबार १५:५६:०३ मा प्रकाशित

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा. गोविन्द केसी काठमाडौं जाने तयारीमा रहेको बताइएको छ ।

अनशनका क्रममा स्वास्थ्यमा समस्या आएपछि उनी काठमाडौं जान तयार भएका हुन् । उनी श्री एयरलाइन्सको विमानबाट काठमाडौं जाँदै छन् ।मंगलबार डाक्टर केसीले आफूलाई ‘अपहरण शैलीमा नलैजान’ आग्रह गरेका थिए ।

तर उनले काठमाडौं नजाने अडान लिएपछि स्काइ ट्रक रित्तै फर्केको थियो । तर आज भने उनी काठमाडौं जान तयार भएका हुन् ।डा. केसीलाई उपचारका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top