होमपेज / समाज
काठमाडौं । नेकपा एमालेले सरकार डेंगी नियन्त्रण गर्न असफल भएको आरोप लगाएको छ ।
नेकपा एमालेका स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति निकालेर भनेका छन्, ‘रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्यो त्यसमा सरकार चुकेको छ । सरकारी संयन्त्र असफल भएको छ ।’
स्वास्थ्य परीक्षण नहुँदा बिरामी घरघरमै छटपटाउन बाध्य भएको एमालेको निष्कर्ष छ । ‘स्वास्थ्य संस्थामा बिरामीहरूका लागि बेड छैन । हजारौँको संख्यामा बिरामीहरू स्वास्थ्य परीक्षणको अभावका कारण घरमै छटपटाउन बाध्य छन् । स्वास्थ्यकर्मीहरूसमेत संक्रमित भएका कारण बिरामीको उपचारमा समस्या उत्पन्न भएको छ । सिटामोललगायत अतिआवश्यक औषधिको अभाव भएको छ । फेरि पनि सरकार परिणामहीन भएको छ,’ भट्टराईले भनेका छन् ।