ट्रेण्डिङ

होमपेज / समाज

गगन थापाले भने:कोरोनाबाट पाठ नसिक्दा डेंगु फैलियो

नेपालगाथा २०७९ आश्विन ४ गते मंगलबार १९:११:४६ मा प्रकाशित

काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महामारीको रुपमा फैलिएको डेंगी नियन्त्रणका लागि सरकारले चालेका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । 

थापाले कोरोना महामारीबाट पाठ नसिक्दा अहिले डेंगु रोग फैलिएको बताएका छन् ।मंगलबार नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले यस्ताे बताएका हुन।

कोभिडपछि पर्याप्त मात्रामा स्वास्थ्य क्षेत्रमा बजेटको व्यवस्था गरे पनि सरकारले आपतकालका बेला रोग नियन्त्रणका लागि आवश्यक संरचनाहरूको भने निर्माण गर्न नसकेको उनको भनाइ थियो ।

‘कोभिडबाट अहिले डेंगुको बेलामा आउँदाखेरि खासै धेरै कुराहरु सिक्न सकिएनछ हामीले । … कोभिडबाट सिकेर सरकारले आवश्यक तयारी नगरेको देखियो’ उनले भने, ‘कोभिडलगत्तै नेपाल सरकारको निर्णय, त्यतिबेलाको बजेट आदिलाई हेर्ने हो भने पनि सरकारले स्वास्थ्य संरचनाहरुको निर्माणमा खासै चासो दिएको देखिएन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top