होमपेज / समाज
काठमाडौं । यौनजन्य अपराध तथा नैतिक पतन हुने किसिमका फौजदारी कसुरको आरोप वा अभियोग लागेका व्यक्तिको गोपनीयताको हक सुनिश्चित गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ताहरु किशोर पौडेल, अनुपम भट्टराई, जगन्नाथ दुलाल र ईश्वर देवकोटाले दायर गरेको रिटमा यौनजन्य अपराधका अभियुक्तको चरित्र हत्या हुने गरी सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिका टिप्पणीमा तत्कालैदेखि रोक लगाउन अन्तरिम आदेशसमेत माग गरेका छन् ।
यौनजन्य कसुरको जाहेरी पर्नासाथ समाजिक सञ्जाल, सञ्चारमाध्यममा आरोपितको पहिचान र तस्बिर सार्वजनिक गरिदाँ त्यस्ता जाहेरी परेका व्यक्तिको गोपनीयता भंग हुने ठहर गर्दैै रिट दायर गरिएको हो ।
‘…यौनजन्य अपराधमा कुनै व्यक्तिउपर अनुसन्धान गर्दा निजको चरित्र हत्या गर्ने तरिकाले सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा टीका टिप्पणी गर्ने र कसैको गोपनीयतामाथि धावा बोल्ने दखल गर्ने कार्य नगर्नु नगराउनू भनी अन्तरिम आदेशसमेत जारी गरी पाउँ’ रिटमा भनिएको छ ।