होमपेज / समाज
कैलाली । ९ दिनदेखि अनसन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएपछि काठमाडौं लैजाने तयारी गरिएको छ ।
डा केसीलाई काठमाडौं ल्याउन मंगलबार जिल्ला प्रशासन कार्यालय कैलाली र जिल्ला प्रहरी कार्यालयको टोली अनशनस्थलमा पुगेका छन्। तर, डा केसी भने काठमाडौं नआउने अडानमा छन्।
उनी उपचाररत सेती प्रादेशिक अस्पतालले उनको स्वास्थ्यमा थप जटिलता हुनसक्ने बताएको थियो ।डा केसीले सरकारको खर्चमा आफू काठमाडौं नजाने बताएका छन्।
केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तस्रावको शंका भएको भन्दै अस्पतालका प्रवक्ता डा. शेरबहादुर कमरले विज्ञप्ति निकालेर थप जटिलता हुन सक्ने हुनाले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा लैजान सम्बन्धित निकायलाई आग्रह गरिसकेको बताएका छन् ।
भदौ २७ गतेदेखि २०औं पटक अनशन बसेका डा केसीको स्वास्थ्य अवस्था भने कमजोर बन्दै गएको छ।