ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा डेंगु सङ्क्रमणबाट अहिलेसम्म २१ जनाको मृत्यु

नेपालगाथा २०७९ आश्विन ४ गते मंगलबार १४:३८:२० मा प्रकाशित

काठमाडाैं । नेपालमा डेंगु सङ्क्रमणबाट अहिलेसम्म २१ जनाको मृत्यु भएको छ । 

 विगत १८ दिनमा डेंगु सङ्क्रमण हुने सङ्ख्या ह्वात्तै बढेर झण्डै १७ हजार पुगेकाे छ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य प्रमुख डा.गोकर्ण दाहलका अनुसार डेंगुको सङ्कमणबाट २१ जनाको मृत्यु भएको हाे।उनका अनुसार मृत्यु भएका ७ जना १४ वर्ष मुनीका बालबालिका रहेका छन् ।

 यो वर्ष नेपालमा सङ्क्रमण जुलाईबाट बढ्दै गएको देखिन्छ । जुन महिनामा एक सय भन्दा तल रहेको सङ्क्रमणदर जुलाइमा बढेर ७२० पुगेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top