होमपेज / समाज
काठमाडौं । सर्लाहीको गोडैता नगरपालिका–२ का लाल मोहम्मद दर्जीमाथि राजधानीमै सोमबार साँझ गोली प्रहार भयो।
मोहम्मदको अज्ञात समूहले गोली हानी हत्या गर्यो । सोमबार साँझ काठमाडौंको गोठाटारस्थित कृष्ण मन्दिरनजिक उनीमाथि अज्ञात समूहले चार राउण्ड गोली प्रहार गरेको थियो ।
सेतो रङको कारबाट झरेर पसलतर्फ जान लाग्दा रातो रङको सर्ट लगाएका व्यक्तिले उनीमाथि गोली प्रहार गर्न सुरु गरेको सीसीटिभी फुटेजमा देखिन्छ। गोली हान्न थालेपछि मोहम्मद छल्दै एक फन्को गाडी वरपर घुम्छन्। तर, सुटरले उनलाई लडाएर छाती, कन्चट, टाउकोमा गरी चार राउण्ड गोली प्रहार गर्छन्।
मोहम्मद नक्कली भारतीय नोटको कारोबारी भएकाले पनि उनीमाथि भारतीय आपराधिक समूहको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ ।