ट्रेण्डिङ

होमपेज / समाज

क्रियटिभ क्लवको १८औं वार्षिक साधारणसभा

नेपालगाथा २०७९ आश्विन ३ गते सोमबार २३:०८:३९ मा प्रकाशित

सुर्खेत । सिर्जनात्मक असल शासन क्लव (क्रियटिभ क्लव) को १८औं वार्षिक साधारण सभा वीरेन्द्रनगरमा सोमबार सम्पन्न भयो । साधारण सभामा क्लवको प्रगति र आर्थिक प्रतिवदेन प्रस्तुत गरिएको थियो । क्लवले संस्थाको आन्तरिक पक्ष बलियो बनाउनका लागि रणनीतिक योजना, विभिन्न नीति, नियम र निर्देशिकाहरु साधारण सभाबाट पारित गरेको छ । 


कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष सन्तबहादुर खत्रीले क्लवले छोटो समयमा नै उल्लेखनीय कार्य गरेको बताउनुभयो । पर्यावरणीय बगैचाको सन्दर्भमा क्लवले पूरा गरेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । क्लवले नाम जस्तै काम गरेको बताउदै प्रमुख अतिथि खत्रीले राष्ट्रिय कृषक समूह महासंघ कुनै न कुनै तरिकाबाट क्लवसँग जोडिएर अघि बढन् बताउनुभयो । 


नेपाल युवा संस्था संजालका कर्णाली प्रदेश उपाध्यक्ष मिना शाहीले क्लवले सुशासन र युवाको क्षेत्रको गरेको कार्य स्रहानीय रहेको बताउनुभयो । यसैगरी प्रयास परियोजनाका परियोजना संयोजक रेखा वलीले क्लवले सामुदायिक अंक मार्फत संस्थाको आन्त्रिक सुशानको पक्षमा प्रभावकारी कार्य गरेको बताउनुभयो । 


क्लवका अध्यक्ष त्रिभुवन बिसीले सुशासन र युवाको क्षेत्रमा क्लवले थुप्रै अनुभव संकलन गरेकाले यस क्षेत्रमा थप प्रभाकारी र महत्वपूर्ण कार्य गर्र्दै अघि बढ्ने बताउनुभयो । क्लवका सदस्य ललित खत्रीले सञ्चालन गर्नुभएको कार्यक्रममा क्लवका उपाध्यक्ष टिका चालिसेले स्वागत तथा कोषाध्यक्ष महेन्द्र चन्दले आर्थिक प्रतिवेदन पेस गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top