होमपेज / समाज
कैलाली । स्वास्थ्य सेवा सुधारको माग गर्दै धनगढीमा अनसन बसिरहेका डा. गोविन्द केसीको अवस्था जटिल बन्दै गइरहेको छ ।
नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ ।सेती प्रादेशिक अस्पतालले अनशनरत डा. गोविन्द केसीलाई विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न आग्रह समेत गरेकाे छ।
केसीको पेटमा अल्सर भई आन्तरिक रक्तश्राव भएको आशंका गर्दै अस्पतालले थप जटिलता बढ्न सक्ने भएकाले विशिष्टिकृत अस्पताल लैजान भनेको हो।
चिकित्सक संघले भनेको छ, ‘उहाँको जीवन रक्षाका निम्ति अविलम्ब वार्ता निकर्षमा पुर्याई डा. केसीको जीवन रक्षा गरिदिनु वार्ता टोलीलाई हार्दिक अनुरोध गर्दछ ।’