होमपेज / समाज
काठमाडौं । उच्च अदालत पाटनको अन्तरकालीन आदेशको दिएपनि काठमाडौं महानगरपालिकाले टुकुचा (इक्षुमती) खोला उत्खननलाई जारी नै राखेको छ ।
अदालतले ३ वटा घरका लागि मात्रै सो आदेश दिएकाले अन्य संरचना भत्काउन बाधा नपर्ने महानगर स्रोतले बतायो ।सोमबार बिहानैदेखि पुतलीसडक-हात्तीसार-कमलादी क्षेत्रमा टुकुचा खोला उत्खनन भइरहेको छ ।
महानगरले टुकुचा खोला खुला गर्न डोजर अभियान सुरु गरेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले रिट दायर गरेका थिए । रिटमा बहसपछि उच्च अदालतका न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासले हिजो अल्पकालीन आदेश जारी गरेको हो ।
महानगरले यसअघि नै टुकुचा भूमिगत भएको सुरुवाती बिन्दु र अन्तिम बिन्दु उत्खनन गरिसकेको छ ।