ट्रेण्डिङ

होमपेज / समाज

संविधान दिवसको अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना

नेपालगाथा २०७९ आश्विन ३ गते सोमबार १२:३६:२० मा प्रकाशित

काठमाडौं । संविधान दिवसको अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । दिवस मूल समारोहको संयोजनमा उक्त कार्यक्रम गरिएको हो।

सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायत सहभागी थिए ।

टुँडिखेलमा आयोजित समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top