ट्रेण्डिङ

होमपेज / समाज

सन्दीप लामिछानेलाई पक्राउ गर्नका लागि इन्टरपोलको सहयोग लिइने,अघि बढ्यो प्रक्रिया

नेपालगाथा २०७९ आश्विन २ गते आइतबार १६:४८:२३ मा प्रकाशित

काठमाडौं ।   नाबालिगमाथि जबर्जस्तीकरणीको उजुरी दर्ता भएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्नका लागि इन्टरपोलको सहयोग लिइने भएको छ ।

सामाजिक सञ्जालमार्फत् चाँडै नेपाल फर्किने बताएका लामिछाने अहिलेसम्म नफर्किएपछि उनी नेपाल आउनेमा शंका उत्पन्न हुन थालेको भन्दै नेपाल प्रहरीले लामिछानेलाई चाँडै नेपाल ल्याउने प्रक्रिया अघि बढाएको हो।

एक १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका लामिछाने क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज गएका थिए । लामिछाने जमैकामै रहेका बेला २१ भदौमा काठमाडौं प्रहरीमा बलात्कारको उजुरी परेको थियो ।

तर, लामिछाने अझै नेपाल फर्किएका छैनन्।प्रहरी उच्च स्रोतले लामिछानेलाई नेपाल ल्याउने प्रक्रियाका लागि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलसँगसमेत समन्वय अघि बढाइएको बताएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top