होमपेज / समाज
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निवासमा पुगेको छ ।
निमित्त सचिव टिकाराम पोखरेलको नेतृत्वमा गएको टोलीले समाचारमा चोलेन्द्र शमशेरले भनेका कुराहरुको सत्यतथ्य बुझ्ने आयोगले जनाएको छ । जबराले सञ्चारमाध्यमहरुमा आफूलाई नजरबन्दमा राखेको बताएपछि आयोगले अनुगमनका लागि सहसचिवको नेतृत्वमा टोली पठाएको हो । आयोगका प्रवक्ता टीकाराम पोखरेलले सर्वोच्च अदालत र जबराको निवासमा टोली गएको पुष्टि गरे ।
उनका अनुसार आयोगको टोलीले निलम्बित प्रधानन्यायाधीश जबराको निवासपछि सर्वोच्च अदालतमा आएर अनुगमन गर्नेछ ।