ट्रेण्डिङ

होमपेज / समाज

'प्राध्यापकहरु समय अनुसार अपडेट हुनुपर्छ' - अध्यक्ष प्राडा केसी

नेपालगाथा २०७९ आश्विन १ गते शनिबार २२:११:२४ मा प्रकाशित

सुर्खेत । नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष प्राडा वेदराज केसीले विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने विद्यार्थी उत्पादन गर्नुपर्ने दायित्व विश्वविद्यालयको भएकाले प्राध्यापकहरुले आफूलाई अपडेट गर्नुपर्ने बताउनुभयो । नेपाल प्रगतिशील प्राध्यापक संगठन कर्णाली प्रदेशको प्रथम सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्राडा केसीले प्राध्यापकहरु देशको गहना भएकाले गहना जस्तै प्राध्यापकहरु पनि मूल्यवान बन्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी संगठनका केन्द्रीय महासचिव पद्मप्रसाद खतिवडाले विश्वविद्यालयलाई व्यवस्थित तरिकाबाट अगाडि बढाउनका लागि प्रगतिशील प्राध्यापक संगठनको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । 


नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सचिव एवम् कर्णाली प्रदेशका इन्चार्ज उपप्राध्यापक तेजविक्रम बस्नेतको अध्यक्षतामा भएको सम्मेलनमा केन्द्रीय सदस्यहरु डा.श्यामलाल मगराती, डा.हर्क शाही, मप विश्वविद्यालय केन्द्रीय कमिटीका अध्यक्ष रामप्रसाद कंडेललगायतले शुभकामना दिनुभएको थियो । 

कर्णाली प्रदेशको शैक्षिक एवम् पर्यटन र सिंजा सभ्यताका सन्दर्भमा डा. दीपक गौतम र उपप्राध्यापक डिके महतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 


कर्णाली प्रदेशमा रहेका सम्पूर्ण क्याम्पस र जिल्लाहरुबाट सहभागी प्राध्यापकहरुको तर्फबाट प्रतिनिधित्व रहेको कार्यक्रममा संगठनका केन्द्रीय सदस्य जीवनाथ तिम्सिना, क्याम्पस प्रमुखहरु धनसिंह खड्कालगायतले सम्मेलनको शुभकामना दिनुभएको थियो । 
उक्त कार्यक्रमको सञ्चालन संगठनका केन्द्रीय सदस्य खेमराज रावतले गर्नुभएको थियो । 

लम्सालको अध्यक्षतामा कर्णाली प्रदेश कमिटी


नेपाल प्रगतिशील प्राध्यापक संगठनको कर्णाली प्रदेश सम्मेलनले मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमलराज लम्सालको अध्यक्षतामा सर्वसम्मत तरिकाबाट प्रदेश कमिटी निर्माण गरेको छ । उक्त कमिटीको उपाध्यक्षमा टेकबहादुर वली, सचिव डबल बहादुर बुढा, सहसचिव गोपाल बिसी र कोषाध्यक्षमा सबिता ढुंगाना रहनुभएको छ । यसैगरी सदस्यहरुमा वीरेन्द्र बुढा, बालकृष्ण बिसी, त्रिलोचन बिष्ट र धर्मराज कंडेल रहनुभएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top