होमपेज / समाज
काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै २० औँ सत्याग्रह बसेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ।
स्वास्थ्य अवस्था जटिल हुन थालेपछि डा. केसीलाई सेती प्रादेशिक अस्पतालमा राखिएको छ । तर, उनले औषधि लिन मानेका छैनन् ।धनगढी पुगेर श्रीकृष्ण मन्दिरको धर्मशालाबाट २० औँ सत्याग्रह थालेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ ।
पाँचौँ दिनको अनशन जारी रहँदा स्वास्थ्य जटिल बनेपछि भेटघाट बन्द गरिएको छ ।